श्री प्रतिष्ठानका सदस्यज्यूहरु


मिति २०७५ असोज ११ गते वसेको स्वशासन अध्ययन प्रष्ठिानको कार्य समितिको बैठकवाट निर्णय भए अनुसार प्रतिष्ठानको चौधौं साधारण सभा देहायको मिति, समय र स्थानमा वस्ने भएको हुदा उक्त सभामा सहभागि हुन प्रतिष्ठानका कार्यकारी अध्यक्षको तर्फवाट हार्दिक अनुरोध गर्दछु ।


मितिः २०७५ असोज २६ गते शुक्रवार (अक्टोवर १२, २०१८)

समयः दिनको ठिक २:३० वजे

स्थानः स्वशासन अध्ययन प्रतिष्ठानको बैठक कक्ष, बानेश्वर, काठमाडौं ।


सभाको विषयवस्तुः


(१) प्रतिष्ठानको आ.व २०७४/७५ को वार्षिक प्रगति प्रतिवेदन र लेखा परिक्षण प्रतिवेदन स्वीकृत गर्ने,

(२) प्रतिष्ठानको आ.व. २०७५/७६ को कार्यक्रम र बजेट स्वीकृत गर्ने,

(३) विविध


सदस्यहरुको नामावलि संलग्न छ ।


धन्यवाद ।


विनोदप्रसाद ढकाल

सचिव तथा निर्देशक


All General News, Notice & Press Release