स्वशासन अध्ययन प्रतिष्ठानको २१ औं बार्षिक साधारण सभा मिति २०८२ साल पौष २६ गते, शनिबार, प्रतिष्ठानको कार्यालय, बानेश्वर, काठमाडौंमा सम्पन्न भएको छ । प्रतिष्ठानका कार्यकारी अध्यक्ष श्री महेश प्रसाद दहालको अध्यक्षतामा सम्पन्न यस साधारण सभाले प्रतिष्ठानको गत आ.व. २०८१/८२ को प्रगति विवरण र चालु आ.व. २०८२/८३ को नीति तथा कार्यक्रम सहितको कार्यकारी अध्यक्षको प्रतिवेदन र आ.व. २०८१/८२ को आम्दानी खर्च, लेखा परिक्षण प्रतिवेदन र चालु आ.व.२०८२/८३ को प्रस्तावित बजेट सहितको कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा स्वीकृत गर्ने निर्णय गरेको छ ।
यस सभामा २०८२ पौष भित्र ७८ वर्ष वा सो भन्दा वढी उमेर भएका प्रतिष्ठानका ज्येष्ठ सदस्यहरुलाई सम्मान गरिएको छे । यसरी सम्मानित हुनुहुनेहरुमा (१) श्री सूर्य शरण रेग्मी, (२) श्री रबिन्द्र नाथ अधिकारी, (३) श्री पध्मा मोहिनी माथेमा, (४) श्री डिल्ली प्रकाश घिमिरे, (५) श्री बाल प्रसाद श्रेष्ठ, (६) श्री होम नाथ अधिकारी, (७) श्री खेमराज नेपाल, (८) श्री सुरेन्द्र नाथ अर्याल र (९) श्री खग प्रसाद नेपाल हुनुहुन्छ ।
साथै सभाले प्रतिष्ठानका पूर्व कार्यकारी अध्यक्ष श्री बिरेन्द्र बहादुर देउजाको मिति २०८१ पौष ७ गते र कार्यसमितिका पूर्व सदस्य श्री ज्ञानी के.सी.को मिति २०८२ कार्तिक १५ गते असामयिक निधन भएकोमा दिवंगत आत्माहरुको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

All General News, Notice & Press Release