स्वशासन अध्ययन प्रतिष्ठानका संस्थापक सदस्य एवं पूर्व कार्यकारी अध्यक्ष श्री वीरेन्द्र बहादुर देउजाज्यूको २०८१ पौष ७ गते आईतवार असामयिक निधनको आज तेह्रौं दिनको पुण्य तिथिमा प्रतिष्ठानको कार्यालय, बानेश्वरमा आज मिति २०८१ पौष १९ गते शुक्रवार, दिनको १२३० बजे आयोजित शोक सभामा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरियो । स्व. देउजा मिति २०७१ कार्तिक २९ देखि २०७४ पौष १८ सम्म कार्यकारी अध्यक्ष पदमा रही प्रतिष्ठानको नेतृत्व गर्नुभएको थियो ।

प्रतिष्ठानका कार्यकारी अध्यक्ष श्री महेश प्रसाद दहालको अध्यक्षतामा सम्पन्न शोक सभाको शुरुमा स्व. वीरेन्द्र बहादुर देउजाको आत्मालाई चीरशान्ति मिलोस् भन्ने कामना सहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै १ मिनेट मौन धारण गरियो । यस पश्चात उपस्थित सबैजनाले स्व. वीरेन्द्र बहादुर देउजाको तस्विरमा पालैपालो पुष्पगुच्छा अर्पण गरियो । शोक मन्तव्यको क्रममा स्व. वीरेन्द्र बहादुर देउजाले नेपाल सरकारमा रहँदा र यस प्रतिष्ठानको नेतृत्व गर्दा पु¥याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दै प्रतिष्ठानले आफ्नो परिवारको एक अभिभावक, विज्ञ एवं जिम्मेवार सदस्य गुमाएको र यसबाट प्रतिष्ठानले भोगेको पीडा र व्यहोरेको क्षतिबारे चर्चा गरियो । यस दुःखद घडीमा शोकसन्तप्त परिवारमा धैर्यधारणा गर्ने शक्ति प्राप्त होस् भन्ने कामना सहित समवेदना प्रकट गरियो ।


All General News, Notice & Press Release