स्वशासन अध्ययन प्रतिष्ठानको प्राविधिक परामर्शमा तयार गरिएको नगर यातायात योजना, मध्यमकालिन खर्च संरचनासहितको मण्डनदेउपुर नगरपालिकाको प्रथम आवधिक योजना (२०८१÷८२ देखि २०८५÷८६) र ईनलोगस प्रा.लि.को प्राविधिक परामर्शमा तयार गरिएको डिजिटल नगर प्रोफाईलको अन्तिम प्रमाणीकरण कार्यशाला (Validation Workshop) २०८१ पौष १५ गते काठमाडौंमा सम्पन्न भएको छ । कार्यशालामा मण्डनदेउपुर नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, नीति तथा योजना आयोगका संयोजक, नगरपालिकाका शाखा प्रमुख र सम्बन्धित क्षेत्रका विज्ञ तथा स्वशासन अध्ययन प्रतिष्ठानका कार्यकारी अध्यक्ष सहितका पदाधिकारी, सल्लाहकार तथा प्रोफाइल तयारी र योजना तर्जुमा प्रकृयामा संलग्न विज्ञहरुको सहभागिता थियो । प्रोफाईल तथा योजनाको पूर्णस्वामित्व ग्रहण गरी योजना कार्यान्वयन गर्न नगरपालिका प्रतिवद्ध रहेको कुरा नगर प्रमुख श्री टोक बहादुर वाइबाले बताउनु भएको छ । प्रतिष्ठानका कार्यकारी अध्यक्ष श्री महेश प्रसाद दहालले यस्तो महत्वपूर्ण कार्य सम्पन्न गर्ने अवसर प्राप्त भएकोमा नगरपालिकालाई धन्यवाद दिदै प्रतिष्ठान यस्ता कार्यहरु मार्फत स्थानीय सरकारहरुसंग सम्पर्कमा रहिरहने धारणा व्यक्त गर्नु भयो ।




All General News, Notice & Press Release