प्रतिष्ठानको बिसौं वार्षिक साधारण सभाको बैठक मिति २०८१ मंसिर ६ गते बिहीवार कार्यकारी अध्यक्ष श्री महेश प्रसाद दहालको अध्यक्षतामा सम्पन्न भएको छ । साधारण सभामा प्रतिष्ठानका कूल ४४ सदस्य मध्ये २९ जनाको सहभागिता रहेको थियो । साधारण सभाले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा आ.व. २०८१÷८२ को नीति, कार्यक्रम र बजेट स्वीकृत गरेको छ । साथै सभाले प्रतिष्ठानको विधान, २०६२ मा तेस्रो संसोधन गर्ने निर्णय समेत गरेको छ ।




All General News, Notice & Press Release