प्रतिष्ठानका सदस्यज्यूहरु
नमस्कार ।
स्वशासन अध्ययन प्रतिष्ठानको उन्नाईसौं वार्षिक साधारण सभा देहायको मिति, समय र स्थानमा सम्पन्न गर्ने गरी मिति २०८० मंसिर १७ गते बसेको कार्यसमितिको एकानब्बेऔं बैठकवाट निर्णय भएको हुदा उपस्थितिको लागि कार्यकारी अध्यक्षको तर्फबाट हार्दिक अनुरोध गर्दछु ।
- मितिः २०८० पौष ०१ गते आईतवार
- समयः दिनको १:०० बजे
- स्थानः प्रतिष्ठानको कार्यालय, काठमाडौं ।
साधारण सभाको एजेण्डाहरुः
- प्रतिष्ठानको आ.व. २०७९/८० को वार्षिक कार्य प्रगति तथा आ.व. २०८०/८१ को नीति तथा कार्यक्रम माथि छलफल र निर्णय ।
- प्रतिष्ठानको आ.व. २०७९/८० को वार्षिक लेखा परीक्षण प्रतिवेदन तथा आ.व. २०८०/८१ को वार्षिक बजेट माथि छलफल र निर्णय ।
- आ.व. २०८०/८१ को लेखा परीक्षकको नियुक्ति ।
- प्रतिष्ठानको कार्य समितिको निर्वाचन ।
- विविध ।
कार्यक्रमको विस्तृत विवरण पछि उपलव्ध गराईनेछ ।
धन्यवाद ।
विनोद प्रसाद ढकाल
सचिव
All General News, Notice & Press Release