प्रतिष्ठानका सदस्यज्यूहरु

नमस्कार ।

स्वशासन अध्ययन प्रतिष्ठानको उन्नाईसौं वार्षिक साधारण सभा देहायको मिति, समय र स्थानमा सम्पन्न गर्ने गरी मिति २०८० मंसिर १७ गते बसेको कार्यसमितिको एकानब्बेऔं बैठकवाट निर्णय भएको हुदा उपस्थितिको लागि कार्यकारी अध्यक्षको तर्फबाट हार्दिक अनुरोध गर्दछु ।

  • मितिः २०८० पौष ०१ गते आईतवार
  • समयः दिनको १:०० बजे
  • स्थानः प्रतिष्ठानको कार्यालय, काठमाडौं ।

साधारण सभाको एजेण्डाहरुः

  • प्रतिष्ठानको आ.व. २०७९/८० को वार्षिक कार्य प्रगति तथा आ.व. २०८०/८१ को नीति तथा कार्यक्रम माथि छलफल र निर्णय ।
  • प्रतिष्ठानको आ.व. २०७९/८० को वार्षिक लेखा परीक्षण प्रतिवेदन तथा आ.व. २०८०/८१ को वार्षिक बजेट माथि छलफल र निर्णय ।
  • आ.व. २०८०/८१ को लेखा परीक्षकको नियुक्ति ।
  • प्रतिष्ठानको कार्य समितिको निर्वाचन ।
  • विविध ।

कार्यक्रमको विस्तृत विवरण पछि उपलव्ध गराईनेछ ।

धन्यवाद ।

विनोद प्रसाद ढकाल

सचिव


All General News, Notice & Press Release