२०७२ साल वैशाख १२ गते नेपालमा आएको विनासकारी महाभूकम्पको कारण उत्पन्न विषम् परिस्थितिमा पीडितहरुलाई राहत र उद्धार कार्यमा सहयोगका लागि यस स्वशासन अध्ययन प्रतिष्ठान (इन्लोगोस) बाट रु. ५१,०००।०० एकाउन्न हजार मात्र ग्लोबल आइएमइ बैंक मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । यस बिपद्मा परी ज्यान गुमाउनेहरुप्रति चीरशान्तिको कामना गरी घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै धनजनको क्षति भएका परिवारहरुप्रति हार्दिक सहानुभूति प्रकट गर्दै यस राष्ट्रिय शोकको खडीमा एकताबद्ध भै विपत्तिको सामना गर्न प्रतिष्ठानका सबै सदस्यहरुलाई अनुरोध गरिएको छ । साथै, यस प्रकोपबाट भएको क्षतिलाई उद्धार र पुननिर्माण कार्यका लागि प्रतिष्ठानको तर्फबाट एक लाख पचास हजार रुपैयाँ र प्रत्येक सदस्यबाट न्यूनतम् पाँच हजार रुपैयाँ जम्मा हुने गरी यस प्रतिष्ठानको नाममा एक प्रकोप उद्धार कोष स्थापना गर्ने भएको छ ।
स्वशासन अध्ययन प्रतिष्ठान  इन्लोगोस
२०७२।०१।२३

All General News, Notice & Press Release