२०७२ वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पबाट पीडित काभ्रेपलाञ्चोक जिल्ला गैरीविसौना देउपुर वडा नं. २ र ९ का आर्थिक स्थिति कमजोर भएका १७६ परिवार संख्या रहेका ३० घरपरिवारलाई राहत तथा पुर्नंस्थापना सहयोग स्वरुप प्रतिपरिवार २ बण्डल जस्तापाताका दरले जम्मा ६० बण्डल यसका लागि आवश्यक सामग्री सादापाता ३० थान, किलाकाँटी ६० केजी र तारबन्धन ९० केजी गरी रु. ४ लाख बराबरको सामग्री जिल्ला दैवी प्रकोप उद्धार समिति काभ्रेपलाञ्चोकको समन्वय र निर्देशन अनुसार स्वशासन अध्ययन प्रतिष्ठानका उपाध्याक्ष श्री बंशिधर घिमिरे, कोषाध्यक्ष श्री सूर्यशरण रेग्मी र निर्देशक श्री विनोद ढकाल समेतको उपस्थितिमा वितरण भएको थियो ।

महाभूकम्पबाट भएको क्षतिलाई मध्यनजर गरी प्रतिष्ठानले स्थापना गरेको प्रकोप उद्धार कोषमा विभिन्न देश र विदेशका संस्था तथा व्यक्तिहरुबाट प्राप्त भएको रकमबाट उक्त राहत सामग्री वितरण गरिएको हो । प्रतिष्ठानले यस अघि जेठ १२ मा सोही गाविसको वडा नं. १ निवासी २०९ परिवार संख्या रहेका ३१ घर दलित परिवारलाई यस्तै प्रकारका राहत सामग्री वितरण गरेको थियो ।

अघिल्लो पटक वितरण गरेको राहत सामग्री स्वरुप प्राप्त भएको जस्तापाताको सही सदुपयोग भएको छ । वडा नं. १ निवासी पीडित भोलानाथका अनुसार आधा बण्डल जस्तापाताको छानामुनि करिब ८ परिवार आश्रित हुनुपरेको थियो भने अहिले राम्ररी बस्न पाएका छन् । उनले भने  पहिले त पानी परेको बेला बस्ने ठाउँमा पनि जलमग्नै पानी हुन्थ्यो । ऐले त राम्रो भयो । बस्न राम्रो भएको छ । धुरी छाउने सादा पाता भने घरको ढोका र शौचालयमा प्रयोग गर्ने योजना छ । खेतीपातीको काम समय भएकोले तयार गरिसकेको छैन । भुकम्पले पुरानो घरमा बस्नै नहुने अवस्था भएपछि उनका भाइ  रामचन्द्रले पनि उनकै नजिकै प्राप्त राहत जस्तापाता प्रयोग गरी बासस्थान बनाएको छ । सँगै छिमेकीमा नन्दलाल, राजकुमार र सितलले पनि सोही राहत स्वरुप प्राप्त जस्तापाताले छाएर निवासस्थान निर्माण गरेका छन् । उनीहरुका अनुसार १२ फुटे जस्तापाता १२ वटाका दरले प्रतिपरिवारले प्राप्त गरेकोमा पीडित छिमेकीलाई समेत सहयोग गर्न आपूmले १० वटा मात्र लिई बाँकी २,२ वटा जम्मा गरी छिमेकी सूर्यबहादुर, रामबहादुर, भीमबहादुर, कृष्णबहादुर, लक्ष्मण लगायत ६ घरपरिवारसँग बाँडचुँड गरी आपत टारेका छन् । हाल देश विपत अवस्थामा गुज्रिरहेको बेलामा यहाँका दलित परिवारले अपनाएको बाँडिचुडि काम चलाऔं भन्ने सहयोगको भावना अत्यन्तै उदाहरणीय पक्ष रहेको छ ।


All General News, Notice & Press Release