श्री प्रतिष्ठानका सम्पूर्ण सदस्यज्यूहरु

उपरोक्त विषयमा स्वशासन अध्ययन प्रतिष्ठानको बाह्रौं साधारण सभा निम्न मिति, समय र स्थानमा आयोजनागर्ने गरी प्रतिष्ठानको कार्य समितिमा निर्णय भएको हुदा यस साधारण सभामा यहांको उपस्थितिको लागिप्रतिष्ठानका कार्यकारी अध्यक्षको तर्फवाट हार्दिक अनुरोध गर्दछु ।

मितिः २०७३ पौष २२ गते शुक्रवार (जनवरी ६, २०१७)
समयः दिनको २:०० वजे (दुई वजे)
स्थानः प्रतिष्ठानको बैठक हल, बानेश्वर

एजेण्डाहरुः
१) आ.व.२०७२/७३ को कार्य प्रगति, आ.व.२०७३/७४ को कार्यक्रम र बजेट
२) आ.व.२०७२/७३ को वार्षिक लेखा परीक्षण प्रतिवेदन र आ.व.२०७३/७४ को लेखा परीक्षक नियुक्ति
३) विविध

श्री विनोद प्रसाद ढकाल
सचिव र निर्देशक


All General News, Notice & Press Release