स्वशासन अध्ययन प्रतिष्ठानको अठाह्रौं साधारणसभा मिति २०७९ मंसिर २८ गते बुधबारका दिन प्रतिष्ठानको कार्यालय भवन नयाँबानेश्वरमा ७७ प्रतिशत सदस्यहरूको उपस्थितिमा सम्पन्न भयो । यस सभाले प्रतिष्ठानको आर्थिक वर्ष ०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्दै आर्थिक वर्ष ०७९/०८० को नीति, कर्यक्रम र बजेट स्वीकृत गरेको छ । प्रतिष्ठानले आर्थिक वर्ष ०७८/०७९ मा १ करोड ७९ लाख बराबरको आर्थिक कारोवार गरेको छ भने आर्थिक वर्ष ०७९/०८० को लागि १ करोड ४० लाख बराबरको कारोवार हुने अनुमान गरेको छ ।


All General News, Notice & Press Release