२०७२ वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पबाट पीडित भएका काभ्रेपलाञ्चोक जिल्ला गैरीविसौना देउपुर वडा नं. २ र ९ का आर्थिक स्थिति कमजोर भएका १७६ परिवार संख्या रहेका ३० घरपरिवारलाई राहत तथा पुर्नंस्थापना सहयोग स्वरुप प्रतिपरिवार २ बण्डल जस्तापाताका दरले जम्मा ६० बण्डल यसका लागि आवश्यक सामग्री सादापाता ३० थान, किलाकाँटी ६० केजी र तारबन्धन ९० केजी गरी रु. ४ लाख बराबरको सामग्री जिल्ला दैवी प्रकोप उद्धार समिति काभ्रेपलाञ्चोकको समन्वय र निर्देशन अनुसार स्वशासन अध्ययन प्रतिष्ठानका उपाध्याक्ष श्री बंशिधर घिमिरे, कोषाध्यक्ष श्री सूर्यशरण रेग्मी र निर्देशक श्री विनोद ढकाल समेतको उपस्थितिमा वितरण भएको थियो ।

महाभूकम्पबाट भएको क्षतिलाई मध्यनजर गरी प्रतिष्ठानले स्थापना गरेको प्रकोप उद्धार कोषमा विभिन्न देश र विदेशका संस्था तथा व्यक्तिहरुबाट प्राप्त भएको रकमबाट उक्त राहत सामग्री वितरण गरिएको हो । प्रतिष्ठानले यस अघि जेठ १२ मा सोही गाविसको वडा नं. १ निवासी २०९ परिवार संख्या रहेका ३१ घर दलित परिवारलाई यस्तै प्रकारका राहत सामग्री वितरण गरेको थियो ।

अघिल्लो पटक वितरण गरेको राहत सामग्री स्वरुप प्राप्त भएको जस्तापाताको सही सदुपयोग भएको छ । वडा नं. १ निवासी पीडित भोलानाथका अनुसार आधा बण्डल जस्तापाताको छानामुनि करिब ८ परिवार आश्रित हुनुपरेको थियो भने अहिले राम्ररी बस्न पाएका छन् । उनले भने  पहिले त पानी परेको बेला बस्ने ठाउँमा पनि जलमग्नै पानी हुन्थ्यो । ऐले त राम्रो भयो । बस्न राम्रो भएको छ । धुरी छाउने सादा पाता भने घरको ढोका र शौचालयमा प्रयोग गर्ने योजना छ । खेतीपातीको समय भएकोले तयार गरिसकेको छैन । भुकम्पले पुरानो घरमा बस्नै नहुने अवस्था भएपछि उनका भाइ  रामचन्द्र र अन्य तीसै परिवारले पनि सोही छिमेकमा प्राप्त राहत जस्तापाता प्रयोग गरी बासस्थान बनाएको पाइयो । उनीहरुका अनुसार १२ फुटे जस्तापाता १२ वटाका दरले प्रतिपरिवारले प्राप्त गरेकोमा पीडित छिमेकीलाई समेत सहयोग गर्न आपूmले १० वटा मात्र लिई बाँकी २/२ वटा पाता जम्मा गरी छिमेकी (सूर्यबहादुर, रामबहादुर, भीमबहादुर, कृष्णबहादुर, लक्ष्मण लगायत) ६ घरपरिवारसँग बाँडचुँड गरी आपत टारेका छन् । हाल देश विपत अवस्थामा गुज्रिरहेको बेलामा यहाँका आपैंm पीडित परिवारले अपनाएको बाँडिचुडि काम चलाऔं भन्ने सहयोगको भावना अत्यन्तै उदाहरणीय पक्ष रहेको छ ।

सम्बन्धित फोटोहरु ग्यालीमा राखिएका छन् :


All General News, Notice & Press Release