२०७३ वैशाख ६ गते सोमबार
स्वशासन अध्ययन प्रतिष्ठानको बाह्राै स्थापना दिवसको उपलक्ष्यमा आयोजित“नेपालको संविधान र स्थानीय शासन” सम्बन्धी राष्ट्रिय गोष्ठी पूर्वउपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका वरिष्ठ नेता माननीय रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा मल्ल प्लाजा काठमाडौंमा सम्पन्न भयो ।उक्त गोष्ठीमा नेपाल सरकारको मुख्य सचिव डा. सोमलाल सुवेदी र पूर्वसंविधान सभा सदस्य एवं स्थानीय शासन विज्ञ श्री कृष्णप्रसाद सापकोटाले क्रमशः ‘नेपालको संविधान बमोजिम स्थानीय तहमा वित्तिय र जनशक्ति व्यवस्थापन’ र ‘नेपालको संविधान २०७२ मा स्थानीय सरकारका अवसर तथा चुनौतीहरू’ विषयमा कार्यपत्रहरु प्रस्तुत गर्नु भयो । पूर्व मुख्य सचिव डा. विमलप्रसाद कोईराला र राजनैतिक विश्लेषक एवं स्थानीय शासन विज्ञ श्री तुलानारायण साहले प्रस्तुत कार्यपत्रहरु माथि टिप्पणी गर्नुभयो । साथै, सरकारबाट स्वीकृत बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति, २०६८ अनुरुप बालमैत्री स्थानीय शासनको क्षेत्रमा उत्कृष्ट काम गरेकाले मोरङ्ग जिल्लाको तेतरिया र प्यूठान जिल्लाको भिंग्री गाविसहरुलाई कदरपत्र र पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रम लगभग एक सय जनाको उपस्थितिमा अपरान्ह २ बजे देखि ५ बजेसम्म कार्यक्रम संचालन भयो ।


All General News, Notice & Press Release