निर्णयहरु :

१)     प्रतिष्ठानका कार्यकारी अध्यक्ष श्री वीरेन्द्रबहादुर देउजाको तर्फबाट सचिव तथा निर्देशक श्री विनोदप्रसाद ढकालद्वारा प्रस्तुत प्रतिष्ठानको आ. व. २०७२/७३ को वाषिर्क कार्य प्रगति प्रतिवेदन र आ. व. २०७३/७४ को नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरियो ।

२)     प्रतिष्ठानका कोषाध्यक्ष श्री सूर्यशरण रेग्मीेद्वारा प्रस्तुत आव २०७२/७३ को वाषिर्क लेखा परीक्षण प्रतिवेदन तथा आव २०७३/७४ को लागि रु १ करोड १७ लाख ३४ हजार ८६० को वाषिर्क बजेट तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरियो ।

३)    आ.व. २०७३/७४ को लागि लेखा परीक्षक नियुक्त गरी कार्य गर्ने र प्रतिष्ठानको दर्ता नविकरण, कार्यक्रम संचालन र व्यवस्थापन सम्बन्धी आवश्यक कार्यहरु सम्पन्न गर्न कार्य समितिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।

४)    प्रतिष्ठानको उद्देश्य प्राप्तिमा सहयोग पुर्‍याउन सक्ने विज्ञता भएका र सार्वजनिक विकासको क्षेत्रमा प्रतिष्ठित काम गरेका व्यक्तिहरुलाई आवश्यकता अनुसार कार्य समितिको निर्णयबाट प्रतिष्ठानको सदस्यता प्रदान गर्न सक्ने निर्णय गरियो ।

५)    प्रतिष्ठानको संस्थागत क्षमता विकासका लागि दिगो रणनैतिक अवधारणा तयार गरी भविष्यमा अझ प्रभावकारी ढंगबाट कार्यक्रम संचालन गर्ने कार्यमा सघाउ पुर्‍याउन प्रतिष्ठानका संस्थापक अध्यक्ष श्री खेमराज नेपालको संयोजकत्वमा एक प्रवुद्ध टोली गठन गर्ने, सदस्यहरुको चयन र आवश्यक कार्य गर्ने जिम्मेवारी संयोजकलाई दिने निर्णय गरियो ।

६)    प्रतिष्ठानबाट त्रैमासिक रुपमा प्रकाशन हुादै आएको स्वायत्त शासन पत्रिकाको प्रकाशनलाई निरन्तरता दिने निर्णय गरियो । साथै श्री रामप्रसाद पुडासैनीको वदलामा श्री गोपीकृष्ण ढुंगानालाई सम्पादक तोक्ने र सोही वमोजिम कार्य गर्ने निर्णय गरियो ।

७)    प्रतिष्ठानको आˆनै भवन भएमा कार्यालय संचालनमा सहज हुने महशुस भएको हाुदा उपयुक्त ठाउामा जग्गा खरिद गर्न पहल गर्ने निर्णय गरियो ।

८)    यस बाह्रौं साधारण सभाबाट स्वीकृत कार्यक्रम कार्यान्वयन गर्न सबै सदस्यहरुले आ-आˆनो क्षेत्रबाट सहयोग पुर्‍याउने निर्णय गरियो ।

९)    प्रतिष्ठानको काममा सहयोग पुर्‍याउनु हुने युनिसेफ लगायतका विकास साझेदार संस्था, सरकारी तथा गैरसरकारी निकाय, स्थानीय निकाय, स्थानीय समुदाय र संस्थागत तथा व्यक्तिगतरुपबाट भूकम्प पीडित राहत कोषमा रकम उपलव्ध गराई सहयोग गर्नु हुने सबैलाई हार्दिक धन्यवाद दिने निर्णय गरियो ।

स्वीकृत नीति :

१)     विगत एक दशकको अनुभवमा प्रतिष्ठानको कार्यक्रमहरुलाई विविधिकरण गरी संस्थालाई  क्रमशः नयाँ ढाँचामा लैजान आवश्यक भएको महशुस गरिएको छ । यस पृष्ठभूमिमा     प्रतिष्ठानका गतिविधिसाग सम्बन्ध राख्ने वा यस्तै प्रकारका कार्य गर्ने संघ संस्था र निकायहरुसागको समन्वय र सहकार्यका कार्यक्रम संचालन गर्ने ।

२)     विकेन्द्रीकरण र स्थानीय शासनका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने स्थानीय निकाय/तहलाई  पुरस्कृत गर्ने ।

३)     नमुना गाउा विकास कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्ने ।

४)     स्थानीय तथा राष्ट्रिय सरोकारका विषयहरुमा अध्ययन, अनुसन्धान, अन्तरक्रिया गरी सरकारलाई पृष्ठपोषण गर्ने ।

५)    प्रतिष्ठानले सम्बन्ध विकास, साझेदारी, समन्वय र प्रतिस्पर्धाका आधारमा कार्यक्रमहरु खोज गरी कार्यान्वयन गर्ने ।

६)    प्रकाशनका माध्यमद्वारा सूचना जानकारी र तथ्य तथ्यांकहरु सार्वजनिक गर्दै जाने नीति अनुरुप     चौमासिक रुपमा प्रकाशन गरिएको स्वायत्त शासन वुलेटीनको प्रकाशनलाई निरन्तरता     दिने ।

७)    प्रतिष्ठानको उद्देश्य प्राप्तिमा सहयोग पुर्‍याउन सक्ने विज्ञता भएका र सार्वजनिक विकासको क्षेत्रमा प्रतिष्ठित काम गरेका व्यक्तिहरुलाई प्रतिष्ठानको सदस्यता प्रदान गर्ने  ।

८)    प्रतिष्ठानको संस्थागत क्षमता विकासका लागि दिगो रणनैतिक अवधारणा तयार गरी भविष्यमा अझ प्रभावकारी ढंगबाट कार्यक्रम संचालन गर्ने कार्यमा सघाउ पुर्‍याउन एक     प्रवुद्ध टोली गठन गरी कार्य गर्ने ।

स्वीकृत कार्यक्रम :

क्र.स.विवरणआम्दानी रु.क्र.स.विवरणखर्च रु.
कार्यक्रम संचालनको लागि प्राप्त हुने बजेट९,२००,०००।साधारण सभा र वैठक खर्च१८४,६५८,।
विज्ञापन र पत्रिका२७०,०००,।कार्यालय संचालन खर्च ६७३,८८५,।
अध्ययन अनुसन्धान कार्यको लागि प्राप्त हुने बजेट१,९०००,००००,।कार्यक्रम संचालन र व्यवस्थापन खर्च१०,०४९,३१७,।
बैंक व्याज र साझेदारी कार्यहरु३६४,८६०,अन्य विविध खर्च४४५,०००।
   पत्रिका प्रकाशन३८२,०००।
 जम्मा११,७३४,८६० जम्मा११,७३४,८६०।

All General News, Notice & Press Release